Logo

एनसीसी बैंकले ल्यायो नयाँ मुद्दती निक्षेप योजना, साढे २१ बर्षमा १० गुणा रकम फिर्ता पाईने

एनसीसी बैंकले ल्यायो नयाँ मुद्दती निक्षेप योजना, साढे २१ बर्षमा १० गुणा रकम फिर्ता पाईने



काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले ‘एनसीसी प्रफुल्ल मुद्दती खाता’ योजना संचालनमा ल्याएको छ । उक्त मुद्दती योजनामा बचतकर्ताले बचत रकमको १० गुणासम्म रकम पाउन बैंकले जानकारी दिएको छ ।

laxmi

सीमित अवधिसम्म लागु हुने उक्त योजनामा व्यक्तिगत बचतकर्ताले ६ वर्ष ४ महिना २५ दिन देखि २१ वर्ष ६ महिना २८ दिनसम्म बचत गर्न सक्ने भएका छन ।

यस्तै संस्थागत बचतकर्ताले ७ वर्ष १ महिना १२ दिन देखि २४ वर्ष ११ महिना २ दिनसम्म मुद्दती खातामा रकम जम्मा गर्न सक्नेछन । उक्त योजनामा बचतकर्ताले रकम जम्मा गरेअनुसार दोब्बर देखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउने बैंकले जानकारी दिएको छ ।

व्यक्तिगत बचतकर्ताले बचत रकमको ६ वर्ष ४ महिना २५ दिनमा २ गुणा, १० वर्ष १ महिना २८ दिनमा ३ गुणा, १५ वर्ष ११ दिनमा ५ गुणा र २१ वर्ष ६ महिना २८ दिनमा १० गुणा रकम पाउने भएका छन । यस्तै संस्थागततर्फ बचतगदा बचतकर्ताले बचत रकमको ७ वर्ष १ महिना १२ दिनमा २ गुणा, ११ वर्ष ५ महिना २० दिनमा ३ गुणा, १७ वर्ष २२ दिनमा ५ गुणा र २४ वर्ष ११ महिना २ दिनमा १० गुणा रकम पाउने बैंकले उल्लेख गरेको छ ।

यसका साथै बैंकले बचतकर्ताका लागि दुर्घटना बीमा मार्फत पहिलो वर्षको लागि ५ लाख रुपैयाँसम्म र घातक रोग बीमाका लागि २ लाख रुपैयाँसम्मको सुविधा हुने बैंकले जानकारी दिएको छ ।

देशभर ७ वटै प्रदेशमा शाखा रहको उक्त बैंकले विश्वासिलो बैकिङ सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रीय रुपमा सहभागी हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL