Logo

प्रभु बैंक र स्टार हस्पिटलबीच सम्झौता, प्रभु बैंकका ग्राहकले स्टारमा आकर्षक छुट पाउने

प्रभु बैंक र स्टार हस्पिटलबीच सम्झौता, प्रभु बैंकका ग्राहकले स्टारमा आकर्षक छुट पाउने



काठमाडौं । प्रभु बैंक लिमिटेड र स्टार हस्पिटल लि.का बीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी मंगलबार सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट डिजिटल सेल्स विभागका प्रमुख भेषराज धमला र स्टार हस्पिटल प्रा.लि.का तर्फबाट कार्यकारी अध्यक्ष किशोरकुमार महर्जनद्घारा उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।

प्रभु बैंक र उक्त लिबीच सम्पन्न सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले स्टार हस्पिटल लि.द्धारा सञ्चालित सेवामध्ये बेड चार्ज तथा अनुसन्धान सेवामा १० प्रतिशत छुट प्राप्त हुने व्यवस्था गरिएको छ ।

सम्झौता अन्तर्गत स्टार हस्पिटल लि.मा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्यु आर र पीओएस मेसिन च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, स्टार हस्पिटल लि. का सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL