Logo

राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर काभ्रेमा, ग्राहकले विभिन्न सुविधा सहज रुपमा पाउने

राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर काभ्रेमा, ग्राहकले विभिन्न सुविधा सहज रुपमा पाउने



काठमाडौं । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकास्थित जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर शुभारम्भ गरिएको छ । एक्सटेन्सन काउन्टरको समुद्घाटन जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले गरेकी हुन् ।

शाखा कार्यालय धुलिखेलमार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट विभिन्न सरकारी कार्यालयबाट लिइने राजश्व, धरौटी, सेवा शुल्क, दस्तुर, कर्मचारी संचय कोष, नागरिक लगानी कोष लगायतको रकम जम्मा गर्न सकिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL