Logo

कामना सेवा विकास बैंकको शाखारहित सेवा सलकपुरमा सञ्चालन

कामना सेवा विकास बैंकको शाखारहित सेवा सलकपुरमा सञ्चालन



काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले बिहीबारबाट इलाम जिल्लाको रोङ गा.पा. वडा नम्बर ६ को सलकपुरमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

सलकपुरस्थित अधिकारी एग्रो बनानाज फुड जोन (प्रो. याम प्रसाद अधिकारी) लाई शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

वडाका वडा सदस्य धिरज राईले उक्त शाखा रहित बैंकिङ्ग सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए । शाखारहित बैंकिङ्ग मार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरू प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL