Logo

सनराइज बैंकद्धारा निःशुल्क स्तन तथा पाठेघर चेकजाँच शिविर आयोजना

सनराइज बैंकद्धारा निःशुल्क स्तन तथा पाठेघर चेकजाँच शिविर आयोजना



काठमाडौं । सनराइज बैंकको भक्तपुर शाखाले स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सरबारे जनचेतना अभिवृद्धि कार्यक्रम र निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न गरेको छ ।

laxmi

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जनचेतना अभिवृद्धि गर्ने तथा संभावित रोग समयमै पहिचान गरि जोखिम न्यूनीकरण गर्ने उद्देश्यले दुई दिने कार्यक्रम गरिएको भक्तपुर शाखा प्रबन्धक नीरज अमात्यले जानकारी दिए ।

असार २३ र २५ गते दुई दिन चलेको उक्त अन्तरक्रिया तथा स्तन र पाठेघर परीक्षण शिविरमा करिब १२० जना स्थानीय महिला सहभागी भएको उनले जानकारी दिए । सो स्वास्थ्य जाँचपछि निःशुल्क औषधी पनि वितरण गरिएको उनले बताए ।

बैंकले नारीहरुलाई बचत गर्न उत्प्रेरणा र उनीहरुको स्वास्थ्य सुरक्षामा साथ दिने उद्देश्य अनुरुप नारी बचत खाता अन्र्तगत महिलाहरुलाई ५ लाख सम्मको घातक रोग खर्च दिइरहेको छ ।

महिलाहरुमा हुन सक्ने पाठेघर क्यान्सर, स्तन क्यान्सर, मुटु रोग सहितका १८ घातक रोगहरु यस योजनामा समेटिएको छ । साथै बैंकले महिलाहरुलाई प्रसुति खर्च स्वरुप १० हजारसम्म र अस्पताल भर्ना र इएम् खर्च गरी १ लाख सम्म बीमा बापतको रकम समेत दिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL