Logo

नेपाल एसबीआई बैंकले मनायो २९ औं वार्षिकोत्सव, विभिन्न कार्यक्रम आयोजना

नेपाल एसबीआई बैंकले मनायो २९ औं वार्षिकोत्सव, विभिन्न कार्यक्रम आयोजना



काठमाडौं । नेपाल एसबीआई बैंकले बिहीबार आफ्नो २९ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले बैंकको उपलब्धिको बारेमा प्रकाश पारे ।

उनले बैंकको दीगो प्रगती कायम राख्न व्यक्तिगत जिम्मेवारी लिनुपर्नेमा पनि जोड दिए । त्यसैगरी बैंकका डेपुटी सीईओ तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलमले बैंकको उपलब्धिमा योगदान पुर्‍याएकोमा सबै कर्मचारीलाई धन्यवाद दिँदै यसरी नै निरन्तरता दिन आग्रह गरे ।

प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कान्तले सबै सहभागीहरूलाई धन्यवाद ज्ञापन गरे । यसका साथै, बैंकले भर्चुअल साँस्कृतिक कार्यक्रमको पनि आयोजना गरेको थियो जसमा सबै शाखा कार्यालयका कर्मचारीहरुको सहभागिता रहेको थियो र आफ्नो प्रतिभा प्रदर्शन गरिएको थियो ।

बैंकले ९१ शाखा, २१ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, ९ शाखारहित बैंकिङ सेवा, १२९ एटिएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL