Logo

‘सेञ्चुरी डिबेन्चर २०८८’ को सूचीकरण, बैंक र नेपाल स्टक एक्सचेञ्जबीच सम्झौता सम्पन्न

‘सेञ्चुरी डिबेन्चर २०८८’ को सूचीकरण, बैंक र नेपाल स्टक एक्सचेञ्जबीच सम्झौता सम्पन्न



सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडबीच १० वर्ष अवधि तथा वार्षिक १०।५०५ ब्याजदर भएको ‘सेञ्चुरी डिबेन्चर २०८८’ डिबेन्चर ऋणपत्रको सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले सर्वसाधारण समक्ष धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडमार्फत उक्त ऋणपत्र सर्वसाधारणको लागि विक्री आव्हान गरेको थियो ।

सर्वसाधारणमा वितरण गरिएको २२ लाख थान ऋणपत्र वितरण भई धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम मिति असार १५ गतेको निर्णयअनुसार उक्त ऋणपत्र स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL