Logo

रुकुममा सिटिजन्स बैंकको शाखा रहित बैंकिङ सेवा, सेवा संख्या ९६ पुग्यो

रुकुममा सिटिजन्स बैंकको शाखा रहित बैंकिङ सेवा, सेवा संख्या ९६ पुग्यो



काठमाडौं । सिटिजन्स बैंकले रुकुमको भुमेमा नयाँ शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले एक कार्यक्रमको आयोजना गर्दै रुकुम जिल्लाको भुमे गाउँपालिका –०९ चुनवाङ रुकुम पुर्वमा ९६ औं शाखारहित बैंकिङ सेवा सुरु गरेको हो । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी भिम प्रसाद पुनलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

यस शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एवं बैंकिङ सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।

आफ्ना ग्राहकहरुको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यस अघि नै बैंकले कियोस्क, ईकेवाईसी तथा नागरिक एप मार्फत अनलाइन खाता खोल्न सक्ने जस्ता सुबिधाको सुरुवात गरी सकेको छ । साथै बैंकका ग्राहकहरुको बैंक सम्बन्धी जिज्ञासा तथा समस्याहरुको छिटो भन्दा छिटो समाधान प्राप्त होस् भन्ने उद्घेश्यले ग्राहक साहायता केन्द्रको समेत स्थापना गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL