Logo

कुमारी बैंकका ग्राहकलाई महाराजा रिसोर्टमा विशेष छुट, सम्झौतामा हस्ताक्षर

कुमारी बैंकका ग्राहकलाई महाराजा रिसोर्टमा विशेष छुट, सम्झौतामा हस्ताक्षर



काठमाडौं । कुमारी बैंक र बुटवल कालिकानगर स्थित महाराजा रिसोर्ट बीच विशेष छुटसम्बन्धी सम्झौता भएको छ िअब कुमारी बैंकका ग्राहकहरुले महाराजा रिसोर्ट बाट प्रदान गरिने सेवाहरुमा विशेष छुट पप्राप्त गर्ने भएको छ । सो सम्झौता पत्रमा कुमारी बैंकका मार्केटिंग प्रमुख नविन मुनि बज्राचार्य र महाराजा रिसोर्टका महाप्रबन्धक रमेश गैरेले हस्ताक्षर गरेका छन् ।

डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भईरहेको कुरालाई मध्यनजर गर्दै डिजिटल कारोबारमा ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य मार्फत महाराजा रिसोर्टका विभिन्न सेवाहरुमा आकर्षक छुटको व्यवस्था गरेको हो ।

यस सम्झौता अनुसार कुमारी बैंकका ग्राहकले सो रिसोर्टबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट÷क्रेडिट कार्डबाट गर्दा रिसोर्टको लजिङ्ग र फुडिङ्ग शुल्कमा १० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८६ एटिएम, ४२ शाखारहित बैंकिङ्ग ईकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL