Logo

महालक्ष्मी विकास बैंक र ग्यालेक्सी स्पेसियालिटी क्लिनिकबीच सम्झौता, बैंकका ग्राहकलाई क्लिनिकमा छुट

महालक्ष्मी विकास बैंक र ग्यालेक्सी स्पेसियालिटी क्लिनिकबीच सम्झौता, बैंकका ग्राहकलाई क्लिनिकमा छुट



काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र महाराजगंज काठमाडौंमा अवस्थित ग्यालेक्सी स्पेसियालिटी क्लिनिक प्रालिबिच सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । ग्राहकहरुलाई सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आईरहेको यस बैंकले ग्यालेक्सी स्पेसियालिटी क्लिनिकसंग सहकार्य गर्न सम्झौता गरेको हो ।

laxmi

उक्त सम्झौता पश्चात यस बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे) महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुहुने ग्राहकहरुले विभिन्न स्वास्थ्य सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।त्कार गराउने अभिप्रायका साथ यस बैकले विभिन्न शाखाहरुबाट जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्मि प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहर मार्फत करिब ६ लाख ग्रहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL