Logo

नबिल बैंक र कतार एयरवेजबीच सम्झौता, बैंकका ग्राहकलाई हवाई टिकटमा १० प्रतिशत छुट

नबिल बैंक र कतार एयरवेजबीच सम्झौता, बैंकका ग्राहकलाई हवाई टिकटमा १० प्रतिशत छुट



काठमाडौं । नबिल बैंकले कतार एयरवेजसँग बैंकका कार्ड प्रयोगकर्ताहरूलाई विशेष सुविधाप्रदान गर्न सम्झौता गरेको छ । आईतबार एक कार्यक्रमका बीच उक्त सम्झौता भएको हो ।

जस अन्तर्गत नबिल बैंकका कार्ड प्रयोगकर्ताहरूले युरोप, अमेरिका र अफ्रिकाका चुनिएका गन्तव्यहरूमा लागु हुनेछ र हवाई टिकट खरिद गर्दा १०% छुट पाउनेछन् । यो छुट असार १७ गते देखी लागु हुनेछ ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र कतार एयरवेजका बंगलादेश तथा नेपालका कन्ट्री म्यानेजर मोहम्मद एल इमामका तर्फबाट सेल्स म्यानेजर सारिक बोगटीले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त साझेदरी अन्तर्गत विजनेस र इकोनोमी क्लासको हवाई टिकटमा १०∞ छुट लागू हुनेछ, र यसका लागि प्रयोगकर्ताहरूले कतार एयरवेजका प्रतिनिधिहरूलाई आफ्नो नबिल बैंकको कार्ड पेश गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL