Logo

महालक्ष्मी विकास बैंकका ग्राहकलाई कालिज गार्डेनमा विशेष छुट, समझदारी पत्रमा हस्ताक्षर

महालक्ष्मी विकास बैंकका ग्राहकलाई कालिज गार्डेनमा विशेष छुट, समझदारी पत्रमा हस्ताक्षर



काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र हेटौडा–११ स्थित कालिज गार्डेन इको रिसोर्ट बिच सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । ग्राहकहरुलाई सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आईरहेको यस बैंकले कालिज गार्डेन इको रिसोटसंग सम्झौता गरेको हो ।

उक्त सम्झौता पश्चात यस बैंकको डेबिट कार्ड, क्युआर (स्क्यान पे) महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकहरुले विभिन्न सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने बैंकको विश्वास रहेको छ ।

डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने अभिप्रायका साथ यस बैकले विभिन्न शाखाहरुबाट जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । यस बैंकल कुल १०३ वटा शाखाहर मार्फत करिब ६ लाख ग्रहकहरुलाई वित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL