Logo

ग्लोबल आइएमई र बिओकेबीच मर्जर सम्झौता, स्वाप रेसियो १:१ रहने

ग्लोबल आइएमई र बिओकेबीच मर्जर सम्झौता, स्वाप रेसियो १:१ रहने



काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डुबीच मर्जर सम्झौता भएको छ । दुई बैंकबीच बिहीबार होटल याक एण्ड यतिमा मर्जर सम्झौतामा हस्ताक्षर भएको हो । दुबै बैंकबीच स्वाप रेसियो १ः१ मा सहमति भएको हो ।

laxmi

मर्जर पश्चात् बन्ने नयाँ बैंकको नाम ग्लोबल आइएमई बिओके लिमिटेड हुने र सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहने सहमति भएको छ । त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा रत्नराज बज्राचार्य रहने प्रारम्भिक सहमति भएको छ ।

यसअघि वाणिज्य बैंकहरु मर्ज गरेर ग्लोबल आइमई बैंक देशकै नम्वर वान बैंक बनेको थियो । अन्य बैंकहरु मर्जरमा गएर नम्वर वानको ताज खोसिन लागेका ग्लोबल आइएमई बैंकले मर्जर सम्झौता गरेको हो।

मर्जर पछि यो बैंक देशकै ठूलो बैंक बन्नेछ । दुई बैंक मर्ज भएपछि चुक्ता पुँजी ३५ अर्ब हुने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL