Logo

मुक्तिनाथ विकास बैंकको सामाजिक उत्तरदायित्व, चण्डेश्वरी आधारभूत विद्यालयलाई सहयोग

मुक्तिनाथ विकास बैंकको सामाजिक उत्तरदायित्व, चण्डेश्वरी आधारभूत विद्यालयलाई सहयोग



काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न संघ संस्थाहरुलाई सहयोग गर्दै आएको छ ।

laxmi

सोही अनुसार बैंकले धादिङमा स्थित श्री चण्डेश्वरी आधारभूत विद्यालयलाई आवश्यक पर्ने कम्प्युटर तथा ल्यापटप खरिद, प्रोजेक्टर खरिद, फर्निचर, विद्यालय कम्पाउन्ड वाल निर्माण प्रयोजनका लागि रु ५०,००० आर्थिक सहयोग गरेको छ ।

सो रकमको चेक एक कार्यक्रम बीच बैंकको तर्फबाट कर्मचारी सन्तोष दाहाल, बिजय तामाङ र सुदिप श्रेष्ठले संयुक्त रुपमा विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष र प्रधानाध्यापक डिल नारायण श्रेष्ठलाई हस्तान्तरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL