Logo

बैंक अफ काठमाण्डूका ग्राहकलाई अन्नपूर्ण केबलकारको टिकट खरिदमा १०% छुट

बैंक अफ काठमाण्डूका ग्राहकलाई अन्नपूर्ण केबलकारको टिकट खरिदमा १०% छुट



काठमाडौं । बैंक अफ काठमाण्डू र अन्नपूर्ण केबलकारबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड स्वाइप तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी टिकट खरिद गर्दा १०% छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । पर्यटकीय नगरी पोखरामा रहेको अन्नपूर्ण केबलकारले देशको आन्तरिक तथा बाह्य पर्यटक वृद्धिमा महत्त्वपूर्ण योगदान गर्दै आइरहेको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०१ शाखा कार्यालयहरु, ९२ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL