Logo

स्ट्याण्डर्ड चार्टर्ड बैंक र युनिलिभर नेपालबीच सम्झौता, बैंकले वितरकहरुलाई आपूर्ति आबद्ध वित्तीय सेवा दिने

स्ट्याण्डर्ड चार्टर्ड बैंक र युनिलिभर नेपालबीच सम्झौता, बैंकले वितरकहरुलाई आपूर्ति आबद्ध वित्तीय सेवा दिने



काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल र युनिलिभर नेपालबीच युनिलिभरका वितरकहरुलाई आपूर्ति आबद्ध वित्तीय समाधानहरु उपलब्ध गराउने सम्बन्धमा एक सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार युनिलिभर नेपालद्वारा सिफारिस गरिएका वितरकहरुले स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल (बैंकद्वारा स्वीकृती प्राप्त हुनु पर्ने) व्यापार वित्तीय समाधानहरुको लाभ लिन सक्नेछन् ।

बैंकको आपूर्ति आबद्ध वित्तीय कार्यक्रम साना तथा मझौला उद्योगीहरु (वितरकहरु)लाई पर्याप्त वित्तीय श्रोत उपलब्ध गराउने हेतूले निर्माण गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । जसले उनीहरुको सम्पूर्ण चालू पूँजीलाई समेट्नुका साथै महामारी, तरलता आदि लगायतका कठिन समयहरुमा उनीहरुको वित्तीय स्थिरता सुनिश्चित् गर्न सघाऊ पुग्न पुग्ने विश्वास गरिएको छ । यसैगरी यसले ठूला कर्पोरेटहरुलाई थप दिगो एवं लचिलो आपूर्ति आबद्धताहरु लागू गर्न पनि सहयोग गर्ने बताइएको छ ।

सम्झौता हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका सिइओ अनिर्वाण घोष दास्तिदारले भने, ‘युनिलिभर नेपालको लागि देशमै यस किसिमको पहिलो सेवा प्रस्तुत गर्न पाएको बैंक हर्षित भएको छ । हामीले हाम्रा कर्पोरेट ग्राहकहरुका लागि समग्र इकोसिस्टम सुनिश्चित् गर्न हाम्रो डिजिटल यात्रामा लामो कालखण्ड पार गरेका छौं र भविष्यमा अझ धेरै अग्रगामी समाधानहरु प्रस्तुत गर्ने दिशामा हामी कटिबद्ध छौं ।’

सोही अवसरमा युएनएलका प्रबन्ध निर्देशक अम्लन मुखर्जीले भने, ‘वितरक वित्तीय कार्यक्रमले खास गरेर कठिन आर्थिक अवस्थाहरुमा युएनएललाई निर्वाध प्रगती गर्न सक्षम बनाएको छ र जिन्दगीलाई जीवन्तता प्रदान गर्ने हाम्रा ब्राण्डहरुको आपूर्तिलाई निरन्तर रुपमा उपलब्ध गराएर हाम्रा ग्राहकहरुलाई सेवा प्रदान गर्न मद्दत गरेको छ । वितरक वित्तीय कार्यक्रम बजार विकास गर्ने एक स्रोत हो र हाम्रा ग्राहकहरुको महत्वपूर्ण आबद्धता सुहाउँदो मोडल विकास गर्न सफल भएकोमा हामी अत्यन्त उत्साहित पनि छौं ।’

प्रतिक्रिया दिनुहोस्
MBL