Logo

बैंक अफ काठमाडौंको ‘बीओके प्रिमियम प्लस बचत खाता’ सार्वजनिक, ८ प्रतिशत ब्याजसहित धेरै सुविधा निशुल्क

बैंक अफ काठमाडौंको ‘बीओके प्रिमियम प्लस बचत खाता’ सार्वजनिक, ८ प्रतिशत ब्याजसहित धेरै सुविधा निशुल्क



काठमाडौं । बैंक अफ काठमाडौंले बीओके प्रिमियम प्लस बचत खाता सार्वजनिक गरेको छ । ग्राहकहरुलाई उच्चतम् ब्याजदरबाट लाभाम्वित बनाउने उद्देश्यले बैंकले उक्त खाता सार्वजनिक गरेको बताएको छ । बैंकका अनुसार उक्त बचत खातामा हालसम्म बैंकहरुले प्रदान गर्ने ब्याजदर भन्दा बढि ब्याजदरको ब्यवस्था छ । यस्तै अन्य धैरे निशूल्क सुबिधाहरु रहेको उक्त बचत खाता खोली ग्राहकहरुले उच्चतम् लाभ लिन सक्ने बताईएको छ ।

‘अब बचत गर्ने अझ बढ्नेछ रहर, जब पाइन्छ अन्य खाताहरु भन्दा अधिक ब्याजदर’ भन्ने मुलनाराका साथ सार्वजनिक गरीएको उक्त बचत खातामा ग्राहकहरुल ८.०३ प्रतिशतको उच्चतम ब्याजदर पाउने बताईएको छ । साथै, १० हजार रुपैयाँको न्यूनतम मौज्दात राखी खाता खोल्न सकिने यस बचत खातामा ग्राहकहरुलाई थुप्रै निःशुल्क बैंकिङ सेवाहरुको ब्यवस्था रहेको छ ।

ग्राहकहरुले सामान्यतया शुल्क तिर्नुपर्ने बैंकिङ सेवाहरु जस्तै चेक बुक, ब्यालेन्स सर्टिफिकेट, डिम्याट खाता, इकमर्स एक्टिभेशन, एबीबीएस, खाताको विवरण, मेरो सेयर, कनेक्ट आइपीएस, डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोेबाईल बैैंकिङलगायतका सुविधाहरु यो खातामा निशुल्क उपलब्ध हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL