Logo

माछापुच्छ्रे बैंकको सामाजिक उत्तरदायित्व, मानव कल्याण समाजलाई सहयोग

माछापुच्छ्रे बैंकको सामाजिक उत्तरदायित्व, मानव कल्याण समाजलाई सहयोग



काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत चाँगुनारायण ३ भक्तपुरमा अवस्थित मानव कल्याण समाज नामक संस्थालाई बीस थान वेड सिट लगायतका सामान हस्तान्तरण गरेको छ ।

बैंकले आयोजना गरेको एक कार्यक्रममा माछापुच्छ्रे बैंकका बाग्मती प्रदेशका उपप्रमुख टिका ओझा र कमलविनायक शाखा प्रमुख उज्वल श्रेष्ठले उक्त सामानहरु हस्तान्तरण गरेका थिए ।

मानव कल्याण समाजले बेवारिसे सडक मानवको रुपमा खुल्ला आकाशमुनि आफ्नो जीवन व्यतित गरिरहेका विभिन्न उमेर समुहका वृद्ध देखि बालबालिका, शारिरिक रुपमा अशक्त व्यक्तिहरुलाई उद्धार गरि उनीहरुको संरक्षण गर्दै आएको छ ।

मानव कल्याण समाजले हाल देशका विभिन्न स्थानमा रहेका ५ वटा शाखाबाट २०० जना भन्दा बढीलाई गाँस, बास ,कपास तथा स्वास्थ्य सेवा प्रदान गर्दै आईरहेको छ ।

विभिन्न संघ संस्था एंव व्यक्तिहररुले स्वेच्छिक रुपमा प्रदान गर्दै आएको सहयोगबाट संचालन भईरहेको मानव कल्याण समाजलाइृ बैंकले आफनो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत सहयोग गरेको हो । यसअघि पनि बैंकले सामाजिक कार्यमा संलग्न विभिन्न संघसंस्थाहरुलाई सहयोग गर्दै आएको छ ।

माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६६ शाखारहित बैंकिङ्ग सेवा, २०५ एटिएम मार्फत १३ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL