Logo

एभरेष्ट बैंकद्वारा लुम्बिनीको परासीमा ११६ औं शाखा उद्घाटन

एभरेष्ट बैंकद्वारा लुम्बिनीको परासीमा ११६ औं शाखा उद्घाटन



काठमाडौँ । एभरेष्ट बैंकले समाजमा रहेको ठुलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउनका लागि लुम्बिनीको परासीमा आफ्नो ११६ औं शाखा उद्घाटन गरेको छ ।

सो कार्यक्रममा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र नवलपरासी चेम्बर अफ कर्मसका अध्यक्ष केशब प्रसाद भण्डारीले संयुक्त रुपमा परासी शाखाको उद्घाटन गरेका छन् । उक्त उद्घाटन समारोहमा प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले परासीका बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने आश्वासन व्यक्त गरेका छन् ।

बैंकले हाल देशैभरि छरिएर रहेको आफ्नो ११६ शाखा संजाल, प्रादेशिक कार्यालय , १५० एटीएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैंकिङ्ग सुबिधा प्रदान गर्दै आइरहेको छ ।

साथै बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL