Logo

सेञ्चुरी बैंकका थप २ नयाँ शाखा विस्तार, शाखा संख्या १ सय २८ पुग्यो

सेञ्चुरी बैंकका थप २ नयाँ शाखा विस्तार, शाखा संख्या १ सय २८ पुग्यो



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले काठमाण्डौंको टेकु र पेप्सीकोलामा २ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बिहिबार बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले टेकु शाखा र संचालक रणबहादुर श्रेष्ठले पेप्सीकोला शाखा उद्घाटन गरी सेवा सुचारु गरेका हुन् । बैंकले विस्तार गरेका २ नयाँ शाखा सँगै कुल शाखा सँख्या १ सय २८ पुगेको बैंकले जानकारी दिएको छ ।

उक्त कार्यक्रममा बैंकका संचालक मनबहादुर राई, सुनिल न्यौपाने, प्राडा गीता प्रधान, बैंक उच्च व्यवस्थापन समूह, स्थानीयबासीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

टेकु र पेप्सीकोलामा थप २ शाखा संचालनमा आएपछि उपत्यका भित्र बैंकको शाखा संख्या २५ पुगेको छ । देशमा सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यले यस अघि बैंकले देशका विभिन्न स्थानहरुमा शाखारहित बैंकिङ तथा एक्सटेन्सन काउण्टरहरु संचालनमा ल्याई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । यससँगै बैंकले १० एक्सटेन्सन काउण्टर २५ शाखारहित बैंकिङ र १ सय ७ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL