Logo

बागमती प्रदेश विकास बैंक फोरम गठन, संयोजक रिजाल र सहसंयोजकमा अर्याल

बागमती प्रदेश विकास बैंक फोरम गठन, संयोजक रिजाल र सहसंयोजकमा अर्याल



काठमाडौँ । डेभलपमेण्ट वैंकर्स एसोसिएशनको बागमती प्रदेश च्याप्टर अन्तर्गत बागमती प्रदेश विकास बैंक फोरमको गठन भएको छ ।

विकास बैंकका बागमती प्रदेश प्रमुखहरूको उपस्थितिमा सम्पन्न भएको उक्त भेलाले गरिमा विकास वैंकका काठमाडौँ क्लस्टर प्रमुख रमेश रिजाललाई संयोजक र मुक्तिनाथ विकास बैंकका काठमाडौँ कलस्टर प्रमुख ज्योति प्रकाश अर्याललाई सहसंयोजकमा सर्वसम्मत चयन गरेको छ ।

उक्त बागमती प्रदेश विकास वैंक फोरमको सदस्यमा ज्योति विकास बैंकका दिलिप राज बराल, कामना सेवा विकास बैंकका नितेश अर्याल, लुम्बिनी विकास बैंकका बिनिता माथेमा, महालक्ष्मी विकास बैंकका प्रकाश घिमिरे, नारायणी डेभलपमेन्ट बैंकका भानु भक्त रिमाल, सांग्रिला डेभलपमेन्ट बैंकका दिपेन्द्र सुवेदी, सिन्धु विकास बैंकका प्रमोद न्यौपाने र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका सन्तोष राज ज्ञवाली रहेका छन् ।

नवनिर्वाचित संयोजक रमेश रिजालले बागमती प्रदेश भित्र रहेका सम्पूर्ण विकास बैंकका साझा व्यवसायिक समस्या र चुनौतीलाई संस्थागत रूपमा सम्बोधन गर्न नेपाल राष्ट्र बैंक, डेभलपमेण्ट बैंकर्स एसोसियन तथा अन्य नियमनकारी निकायहरूमा समन्वय गरिनुका साथै आगामी दिनहरूमा विकास बैंकहरूलाई थप बलियो र सबल बनाई अघि बढने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL