Logo

गरिमा विकास बैंक र लाइफ स्टाइल इन्टरनेशनलबीच सम्झौता, ग्राहकलाई ‘गोल्डस्टार जुत्ता’मा विशेष छुट

गरिमा विकास बैंक र लाइफ स्टाइल इन्टरनेशनलबीच सम्झौता, ग्राहकलाई ‘गोल्डस्टार जुत्ता’मा विशेष छुट



काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड र गरिमा विकास बैंक र लाइफ इस्टाइल इन्टरनेशनल प्रा.लि.बीच एक सम्झौता भएको छ । डिजिटल बैकिङलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको बैंकले समयानुकुल आफ्ना ग्राहकवर्गका लागि विभिन्न छुट सम्बन्धि सम्झौता गर्ने क्रममा स्टाइल इन्टरनेशनलसँग सम्झौता गरेको हो ।

आइतबार एक विज्ञप्ति जारी गर्दै बैंकले नेपालकै पुरानो तथा प्रतिष्ठित जुत्ता निर्माता ‘गोल्डस्टार’सँग विशेष छुट सम्बन्धि सम्झौता गरेको जानकारी दिएको हो । सम्झौता अनुरुप यस विकास बैंकका ग्राहकले गोल्डस्टार जुत्ताको आधिकारिक ई–कमर्स साईटबाट कुनै पनि जुत्ता खरिद गरि गरिमा स्मार्टबाट भुक्तानी गर्नुहुँदा तत्काल १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

यो छुट योजना गोल्डस्टारको आधिकारिक ई–कमर्स साईटबाट कुनै पनि जुत्ता खरिद गर्दा मात्र लागू हुनेछ भने अफलाईन स्टोरबाट जुत्ता खरिद गर्दा लागू हुने छैन । हाल, गरिमा विकास बैंकले नेपालभर ३७ जिल्लामा ११८ शाखा कार्यालय, २ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुरक्षीत एवं गुणस्तरिय सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL