Logo

एभरेष्ट बैंकद्वारा एकैपटक थप ५ ठाउँमा शाखा विस्तार

एभरेष्ट बैंकद्वारा एकैपटक थप ५ ठाउँमा शाखा विस्तार



काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले समाजमा रहेको ठुलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउनका लागि लुम्बिनीको खैरेनी, योगिकुटि र मणिग्राममा फाल्गुण १ गते र जितपुर, मुर्गियामा फाल्गुण २ आफ्नो नयाँ शाखाहरु उद्घाटन गरेको छ ।

सो शाखाहरुको उद्घाटन एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र सम्बन्धित वडाका वडाध्यक्षबाट संयुक्त रुपमा भएको छ । उक्त उद्घाटन समारोहमा एभरेष्ट बैंक लुम्बिनी प्रदेशका प्रादेशिक–प्रबन्धक अनिल कुमार कार्की, बैंकका बजार विभाग प्रमुख पुष्पराज उप्रेती लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

यसै उद्घाटन समारोहमा प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले लुम्बिनी प्रदेशका बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने आश्वासनका व्यक्त गरेको छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL