Logo

सिटिजन बैंक र एसइइडी ल्याबबीच सहकार्य, बैंकका ग्राहकलाई ल्यावको सबै सेवामा ३० प्रतिशत छुट

सिटिजन बैंक र एसइइडी ल्याबबीच सहकार्य, बैंकका ग्राहकलाई ल्यावको सबै सेवामा ३० प्रतिशत छुट



काठमाडौं ।सिटिजन्स बैंक र बुटवलको एसइइडी ल्यावबीच सहकार्य भएको छ । अब बैंकको कार्डबाहक ग्राहकलाई ल्यावको सबै सेवामा ३० प्रतिशत छुट प्राप्त हुने भएको छ । यसबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।


हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ । मोबाइल बैकिङ्गमार्फत खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी जस्ता सुविधा बैंकले प्रदान गर्दै आएको छ ।

बैंकले हालसालै मोबाइलबाट कार्डलेस विथड्र सेवाको पनि सुरुवात गरेको छ । यो सुविधामार्फत मोबाइल बैंकिङ्ग सुविधा लिएका ग्राहकहरुले विना कार्ड एटिएमबाट पैसा निकाल्न सक्छन् । यसबाहेक बैंकले मोबाइलबाटै मुद्दती खाताको आवेदन दिन सक्ने व्यवस्थासमेत गरेको छ ।

बैंकले देशभर १७४ शाखा, १२३ ए।टि।एम। र ९२ वटा शाखा रहित बैंकिङ्ग इकाइबाट १३ लाख भन्दा बढि ग्राहकलाई बैंकिङ्ग सेवा उपलब्ध गराउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL