Logo

नेपाल बङ्गलादेश बैंकको विस्तारित सेवा केन्द्र अब सिमराको डुमरवानामा

नेपाल बङ्गलादेश बैंकको विस्तारित सेवा केन्द्र अब सिमराको डुमरवानामा



नेपाल बङ्गलादेश बैंकले सिमरा उपमहानगरपालिका वडा नं. १५ स्थित भारतीचोक डुमरवानामा ११औं विस्तारित सेवा केन्द्रको शुभारम्भ गरेको छ । उक्त सेवा केन्द्रको औपचारिक समुद्घाटन वडा अध्यक्ष रामप्रसाद लामिछानेले गरेका हुन् ।

बैंकको यो विस्तारित सेवा केन्द्रले वित्तिय पहुँच पु¥याउने उद्वेश्य लिएको छ । नेपालीको कम्तिमा एक खाता खोल्ने नेपाल सरकारको नीतिलाई पनि सघाउने बैंकले जनाएको छ छ ।

यस ठाउँको पुँजी एकीकृत गर्ने, रेमियान्स सोझै बैंकमा जम्मा हुने, चेक क्लियरिङ्ग तथा व्यवसायजन्य कारोबारका लागि अन्यत्र जानुपर्दैन । साथै, सामाजिक सुरक्षालगायत बैकिङ्ग प्रणालीमार्फत् प्राप्त हुने सेवाहरु सजिलै प्राप्त हुने, शिक्षक एवं कर्मचारीहरुको तलबी खाता सञ्चालन गर्न सहज हुने बैंकले जानकारी गराएको छ ।

‘सबैका लागि बैंक’ भन्ने मूलनारा सहित स्थापनाको २७औं वर्ष पूरा गरेको नेपाल बङ्गलादेश बैंकले आफ्ना १०० शाखा, ११ एक्सटेन्सन काउन्टर, तथा ८४ वटा एटिएमबाट बैंकिङ्ग सुविधा उपलब्ध गराउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL