Logo

स्मार्टच्वाइस टेक्नोलोजिज र कामना सेवा विकास बैंकबीच सम्झौता, बैंकको सेवा अब अनलाइनमार्फत

स्मार्टच्वाइस टेक्नोलोजिज र कामना सेवा विकास बैंकबीच सम्झौता, बैंकको सेवा अब अनलाइनमार्फत



काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजी र कामना सेवा विकास बैंकबीच सम्झौता भएको छ । २ संस्थाबीच भुक्तानी सेवा र फस्र्यौटको क्षेत्रमा सहकार्य गर्नका लागि सोमबार एक सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

एक कार्यक्रमकाबीच स्मार्टच्वाइस टेक्नोलोजिजको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र कामना सेवा विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले सो सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता पश्चात स्मार्टच्वाइस टेक्नोलोजिज र कामना सेवा विकास बैंक लिमिटेडबीच डेबीट कार्ड, स्मार्ट क्युआर, स्क्यान एण्ड पे जस्ता उपकरण प्रयोगको क्षेत्रमा सहकार्य हुनेछ ।

बैंकले आफ्ना ग्राहकहरुलाई भुक्तानी कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्रदान गर्न सहजता प्राप्त गर्ने बताईएको छ । साथै, एससीटी सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतभित्र एटिएम, पीओएस, ईकमर्श जस्ता सेवा सजिलै लिन सक्ने सुविधा प्राप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL