Logo

एनआईसी एशिया बैंकको ‘सर्वश्रेष्ठ बचत खाता’, ८४ लाखसम्मको निःशुल्क बीमा सुविधा पाइने

एनआईसी एशिया बैंकको ‘सर्वश्रेष्ठ बचत खाता’, ८४ लाखसम्मको निःशुल्क बीमा सुविधा पाइने



काठमाडौं । एनआईसी एशिया बैंकले ‘सर्वश्रेष्ठ बचत खाता’मा थप आकर्षक सुविधा थपेको छ । बैंकले हालैमात्र सञ्चालनमा ल्याएको सर्वश्रेष्ठ बचत खाताहरूमा पाइने सुविधालाई व्यापक रुपमा वृद्धि गर्दै १ वर्ष अवधिलाई ५ वर्ष पु¥याएको छ भने बीमांक सुविधा अधिकतम ८४ लाख रुपैयाँसम्म प्रदान गर्ने व्यवस्था गरिएको बैंकले जनाएको हो ।

laxmi

साथै, यस सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकहरुले ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाईदा अन्तर्गत कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट र पूर्व स्वीकृत कर्जा सुविधा समेत प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । बीमा तथा कर्जासम्बन्धी सर्वश्रेष्ठ फाईदाहरूका साथसाथै यस बैंकले सर्वश्रेष्ठ बचत खातामा प्रदान गर्दै आएको १८ अन्य सर्वश्रेष्ठ फाईदाहरूलाई पाँच वर्षको अवधीसम्म उपलब्ध गराएको छ ।

यस्तो सुविधा आम जनमानसको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई समुचित पहिचान गरी तथा बजारको सूक्ष्म रुपको अध्ययन तथा विश्लेषण गरी बैंकको निक्षेप योजनाहरूलाई सोही अनुरुप निरन्तर रुपमा थप ग्राहकमैत्री, प्रभावकारी तथा बैंकिङ्ग क्षेत्रकै सर्वश्रेष्ठ फाइदाहरूले भरिपूर्ण हुने सुनिश्चित गर्दै जाने समेत बैंकले प्रतिज्ञा गरेको छ ।

सो अबसरमा बैंकले देशको दुरदराजमा रहेका लाखौं सेवा ग्राही ग्राहकहरू माझ सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको, एनआईसी एशिया बैंकले २०७८ कार्तिक १ देखि ल्याएको सर्वाधिक उच्च ब्याजदर, तीन बीमा सम्बन्धी सर्वश्रेष्ठ फाईदाहरू, तीन कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाईदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाईदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाईदाहरू भएको ‘सर्वश्रेष्ठ बचत खाता’ ल्याएकोमा ग्राहकहरुको अत्यन्त उत्साहजनक सहभागीता जनाई उक्त योजनाहरूलाई सफल बनाइदिएको भन्दै बैंकले सबैलाई धन्यवाद समेत दिएको छ ।

बैंकले हाल थप गरिएको सेवा सुविधा यसअघि नै खाता खोलिसकेका ग्राहकहरुले समेत स्वतः प्राप्त गर्न सक्ने जनाएको छ । सर्वश्रेष्ठ बचत खाता अन्तर्गतका सबै खाताहरूमा थप गरिएका बीमा प्रिमियम तथा समय अवधिसँगै अन्य सम्पूर्ण सुविधाहरु स्वतः प्राप्त गर्न सकिने बैंकले जनाएको छ । सर्वश्रेष्ठ बचत खाता अन्तर्गत एनआईसी एशिया बैंकले विविध २४ सेवा सुविधा प्रदान गरेको छ । यस्तो सुविधा बैंकले आफ्नो २४ औं वार्षिक उत्सवको अवसरमा २४ वर्ष २४ योजना सार्वजनिक गरेको हो । जुन योजनामा हजारौं ग्राहकहरू जोडिइसकेको बैंकले दाबी गरेको छ ।

हाल बैंकले मुलुकभर ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । जुन बैंक मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंकको रुपमा स्थापित हुन सफल भएको छ । देशको कुल जनसंख्या मध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई यस बैंकले सेवा दिन सफल भएको बैंकको दाबी छ ।
सर्वसाधारण जनता तथा सेवाग्राही प्रति उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा राज्यलाई करिब २ अर्ब ८३ करोड रुपैयाँभन्दा बढी राजश्वको योगदान समेत दिएको बैंकले बताएको छ । जुन वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको बैंकले बताएको छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा समेत एनआईसी एशिया बैंकले शाखा विस्तार गरी बैंकिङ सेवा प्रदान गरिरहेको बैंकले जनाएको छ । यसै असरमा बैंकले देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्नो ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरिसकेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL