Logo

इन्भेष्टमेन्ट बैंकले ल्यायो ‘गज्जब ६ मुद्दती खाता’, मुद्दती निक्षेपको रकम २० वर्षमा ६ गुणा

इन्भेष्टमेन्ट बैंकले ल्यायो ‘गज्जब ६ मुद्दती खाता’, मुद्दती निक्षेपको रकम २० वर्षमा ६ गुणा



काठमाडाैँ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले ‘गज्जब ६ मुद्दती खाता’ सञ्चालनमा ल्याएको छ । भविष्यमा आइपर्ने आर्थिक व्ययभार, औषधी उपचार, शैक्षिक खर्चका साथै अन्य सामाजिक दायित्व सहजतापूर्वक परिपूर्ति गर्नका लागि यो योजना सहयोगी सिद्ध हुने बैंकले जनाएको छ ।

न्यूनतम १० हजार रुपैयाँमा जुनसुकै उमेर समूहका व्यक्तिले खोल्न सक्ने यो खातामा मुद्दती निक्षेपको रकम २० वर्षमा ६ गुणा हुने बैंकले उल्लेख गरेको छ । सो खाता खोल्दा निःशुल्क क्रेडिट कार्डका साथै साँवा तथा पाकेको ब्याजको ९०% सम्म कर्जा प्राप्त गर्न सकिने विशेष योजना छ । मुद्दतीमा निक्षेप राखेर आकर्षक ब्याज लिन चाहनेलाई यो योजनाले आकर्षित गर्ने देखिएको छ ।

खाताका विशेषता –

निक्षेपको रकम २० वर्षमा ६ गुणा हुने ।
यो मुद्दती खाता जुनसुकै उमेर समूहका व्यक्तिले खोल्न सक्ने ।
न्यूनतम रु. १०,०००/– (अक्षेरुपी रु. दश हजार)मा मुद्दती खाता खोल्न सकिने ।
निशुल्क क्रेडिट कार्ड प्राप्त गर्न सकिने ।
सावाँ तथा पाकेको ब्याजको ९०प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिने ।


नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले सातै प्रदेशमा छरिएका ८८ शाखाहरु, ३१ विस्तारित काउन्टर, ५८ शाखा रहित बैंकिङ्ग केन्द्र तथा १३१ एटिएम मार्फत गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL