Logo

हिमालयन बैंकको नाफा ६५ करोड ३२ लाख, प्रतिसेयर आम्दानी घट्यो

हिमालयन बैंकको नाफा ६५ करोड ३२ लाख, प्रतिसेयर आम्दानी घट्यो



काठमाडौं । हिमालयन बैंकले चालु आर्थिक वर्ष २०७८-७९ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले बुधवार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार उक्त अवधिमा ७४ करोड ३४ लाख ५० हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा १३.८० प्रतिशतले बढी हो । गत वर्षको पुस मसान्तसम्ममा बैंकले ६५ करोड ३२ लाख ६७ हजार रुपैयाँ नाफा कमाएको थियो ।

laxmi

चालु आवको दोस्रो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी ८.९१ प्रतिशतले बढेर १ अर्ब ९१ करोड ६५ लाख ४९ हजार रुपैयाँ पुर्याएको छ । गत वर्षको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ७५ करोड ९७ लाख ९ हजार रुपैयाँ रहेको थियो ।

उक्त अवधिमा बैंकको संचालन मुनाफा पनि ७.६६ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको पुस मसान्तसम्ममा ९८ करोड ६४ लाख ८४ हजार रुपैयाँ रहेको यो मुनाफा यस वर्षको सोही अवधिमा भने १ अर्ब ६ करोड २० लाख ८९ हजार रुपैयाँ रहेको छ ।

बैंकको वितरणयोग्य मुनाफा २४ करोड ५१ लाख ५२ हजार रुपैयाँ रहेको छ । चालु आवको पुस मसान्तसम्ममा बैंकले १ खर्ब ६५ अर्ब ५१ करोड २६ लाख २१ हजार रुपैयाँ निक्षेप संकलन गरि १ खर्ब ५० अर्ब ६७ करोड ९० लाख १६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको हो । उक्त अवधिमा बैंक निक्षेप संकलन र कर्जा प्रवाह क्रमशः १७.३७ प्रतिशत र १९.५४ प्रतिशतले बढेको हो ।

बैंकको चुक्ता पुँजी १२ अर्ब ९६ करोड ८७ लाख २५ हजार रुपैयाँ रहेको छ । जगेडा तथा कोषमा ७ अर्ब ३९ करोड ८३ लाख ९९ हजार रुपैयाँ राखेको छ ।

बैंकको खराब कर्जा पनि १.४१ प्रतिशतले घटाएर ०.७२ प्रतिशतमा झारेको छ । गत वर्षको पुस मसान्तसम्ममा बैंकको खराब कर्जा २।१३ प्रतिशत रहेको थियो । बैंकको प्रतिसेयर आम्दानीमा गिरावट देखिएको छ । गत वर्षको पुस मसान्तसम १२ रुपैयाँ २३ पैसा रहेको यो आम्दानी यस वर्षको सोही अवधिमा भने ११ रुपैयाँ ४७ पैसा कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ भने १५७ रुपैयाँ ५ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL