Logo

भर्चुअल करेन्सी र नेटवर्किङ व्यवसायप्रति थप कडा बन्दै राष्ट्र बैंक, विदेशमा बस्ने नेपालीलाई समेत रोक

भर्चुअल करेन्सी र नेटवर्किङ व्यवसायप्रति थप कडा बन्दै राष्ट्र बैंक, विदेशमा बस्ने नेपालीलाई समेत रोक



काठमाडौं । नेपाल राष्ट्र बैंकले भर्चुअल करेन्सी र नेटवर्किङ व्यवसायलाई थप कडाई गरेको छ । पछिल्लो समय कतिपय व्यक्तिले नेपालभित्र गैरकानूनी रहेको क्रिप्टो करेन्सी, भर्चुअल करेन्सी तथा नेटवर्किङ व्यवसायलाई प्रचारप्रसार गर्दै अरुलाई आवद्ध हुन प्रोत्साहन गरेको भन्दै राष्ट्र बैंकले सुचनानै जारी गर्दै कारबाही प्रक्रिया अघि बढाएको हो ।

‘हालका दिनहरुमा छोटो अबधिमा उच्च प्रतिफल दिने प्रलोभन देखाई भर्चुअल करेन्सी। क्रिप्टो करेन्सीहरुको कारोबार प्रयोग गर्न तथा त्यस्ससँग सम्बन्धित हाईपर फण्डजस्ता कोषमा लगानी गर्न र जोसिकल क्राउड १, सोलीम्याक्स ग्लोवलजस्ता पिरामिडमा आधारित नेटवर्किङमा आवद्ध हुन प्रोत्साहन गर्ने गराउने गरेको जानकारी प्राप्त हुन आएकोले सो सम्बन्धमा यस बैंकको गम्भिर ध्यानाकर्षण भएको छ,’ राष्ट्र बैंकद्वारा विज्ञप्तीमा भनिएको छ, ‘विदेशी विनिमय वा मुद्राको रुपमा भर्चुअल करेन्सी वा क्रिप्टो करेन्सीले कानुनी मान्यता नपाएको सन्दर्भमा उपर्युक्त बमोजिमका गैरकानूनी वित्तीय औजारमा आवद्ध भई कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पुँजी पलायन हुनेछ ।’ साथै त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न भई नेपालभित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिकहरु समेतले त्यस्तो कार्य गरे गराएको पाइएमा प्रचलित कानूनबमोजिम कारवाही हुने राष्ट्र बैंकले जानकारी दिएको छ ।

नेपाल राष्ट्र बैंकले २०७४ सालमा पनि क्रिप्टो करेन्सीमा नेपालीहरुले लगानी गरेको भन्दै त्यस्ता व्यक्तिहरुलाई कारबाहीको दायरामा ल्याईने निष्कर्ष सहित सुचना प्रकाशित गरेको छ । राष्ट्र बैंकले सुचना मात्र जारी गर्ने तर कारबाहीको दायरमा ल्याउन कुनै तत्परता नदेखाएका कारण पछिल्लो समय यस्ता कार्य अझै विस्तार भएको सम्बद्ध सरोकारवालाहरु बताउँछन् । पछिल्लो नेपालीले विदेशीमा बस्ने आफन्तमार्फत क्रिप्टो लगायतका भुर्चअल करेन्सीमा लगानी गर्दै आएका छन् । यसरी नेपालबाट ठूलो मात्रामा विदेशी मुद्राा बाहिरिँदै आएको छ । सोही अनुरुप हाल राष्ट्र बैंकले विदेशमा बस्ने नेपालीले समेत त्यस्ता मुद्रा तथा व्यवसायमा लगानी गर्न नपाउने भन्दै सूचना प्रकाशित गरेको हो । साथै पछिल्लो समय नेपालबाटै पनि धेरैजसो नेपालीहरुले भर्चुअल करेन्सी तथा हाइपर फण्डमा लगानी गर्न थालेको सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL