Logo

कामना सेवा बैंक र अन्तर प्रेरणाको सहकार्यमा ‘उद्यमशीलता विकास कार्यक्रम’ सम्पन्न

कामना सेवा बैंक र अन्तर प्रेरणाको सहकार्यमा ‘उद्यमशीलता विकास कार्यक्रम’ सम्पन्न



काठमाडौं । कामना सेवा बैंक र अन्तर प्रेरणाको सहकार्यमा ‘उद्यमशीलता विकास कार्यक्रम’ सम्पन्न भएको छ । उद्यमशीलता विकास र प्रवद्र्धनका लागि भर्चुअल माध्यमबाट पाँचदिने कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ । आइतबारदेखि बिहीबारसम्म आयोजित कार्यक्रममा उद्यमीहरूसहित उद्यमी बन्न चाहाने १६ जनाको सहभागिता रहेको थियो ।

laxmi

कार्यक्रममा सहभागीहरूले उद्यम सञ्चालनको प्रक्रियासँगै आधारभूत कानुनी तथा करसम्बन्धी जानकारीहरू प्राप्त गर्नाका साथै समस्याको पहिचान तथा त्यसको समाधानको तरिका, सामाजिक सञ्जालमार्फत व्यवसाय प्रवद्र्धन, लेखासम्बन्धी ज्ञान, आवश्यक योजना र बजेट व्यवस्थापन जस्ता व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने सैद्धान्तिक तथा व्यावहारिक ज्ञान र सीप प्राप्त गरेको बैंकले विश्वास लिएको छ ।

बैंकका अध्यक्ष सुदीप आचार्यले यस्ता कार्यक्रमहरूले उद्यमीहरूलाई प्रोत्साहन गर्ने र नेपालमा रहेको असीमित अवसरहरूलाई पहिचान गरि देशमा आर्थिक स्थिरता, रोजगारी र अन्य लाभहरू प्रदान गर्ने बताएका छन् । साथै बैंकले नव उद्यमीहरूलाई साथ दिने र उनीहरूको नवीन सोच र सृजनालाई सधैं प्रोत्साहन गर्ने प्रतिवद्धतासमेत व्यक्त गरेका छन् ।

कार्यक्रममा अन्तर प्रेरणाका प्रमुख कार्यकारी अधिकृत निरज खनालले सम्पूर्ण सहभागीहरूलाई अन्तरक्रियात्मक सहभागिताका लागि धन्यवाद दिदै सहभागीहरूको सफल उद्यमको लागि शुभकामना व्यक्त गरे । नव उद्यमीहरूलाई अन्तर प्रेरणाले सधैं साथ दिने प्रतिबद्धता जनाएका छन् । यस्तै, बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले उद्यमका लागि चाहिने पूँजी व्यवस्थापनका लागि लगानी तथा कर्जाको माध्यमबाट बैंकले पूर्ण रूपमा सहयोग गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL