Logo

सिभिल बैंकको नाफामा छलाङ, ६ महिनामा १४८ प्रतिशतले बढ्यो

सिभिल बैंकको नाफामा छलाङ, ६ महिनामा १४८ प्रतिशतले बढ्यो



काठमाडौं । चालु आर्थिक बर्षको ६ महिनामा सिभिल बैंकको नाफा गत बर्षको सोही अवधिको तुलनामा १ सय ४८ दशमलव ४२ प्रतिशले बढेको छ । गत आवको पहिलो ६ महिनामा २० करोड २८ लाख रुपैयाँ नाफा कमाएको बैंकले यो बर्ष भने सबैभन्दा धेरै ५० करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेको हो ।

बैंकको वितरणयोग्य नाफा ६९ करोड ७९ लाख रुपैयाँ पुगेको छ । बैंकले ६ महिनामा ९१ अर्ब ६९ करोड निक्षेप संकलन गर्दा ८३ अर्ब ४२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकको प्रतिसेयर आम्दानी ११ दशमलव ६६ रुपैयाँ पुगेको छ।

बैंकले खुद ब्याज आम्दानी बढाएर १ अर्ब ४६ करोड पुर्याएको छ जुन अघिल्लो वर्षको ६ महिनामा ९३ करोड रूपैयाँमात्र थियो । बैंकको कस्ट अफ फन्ड, खराब कर्जा र ब्याजदर स्प्रेड कम भएको छ भने बेस रेट बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL