Logo

राष्ट्रिय वाणिज्य बैंकको ५७ औं वार्षिकोत्सवमा २४९ जनाले गरे रक्तदान

राष्ट्रिय वाणिज्य बैंकको ५७ औं वार्षिकोत्सवमा २४९ जनाले गरे रक्तदान



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ५७ औं वार्षिकोत्सवको अवसरमा २४९ जनाले रक्तदान गरेका छन् । बैंकको केन्द्रीय कार्यालय तथा विभिन्न प्रादेशिक कार्यालयहरूमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको हो । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले उपकार्यकारी अधिकृत विनयरमण पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरी शुभारम्भ भएको रक्तदान कार्यक्रममा बैंकको केन्द्रीय कार्यालयमा मात्रै ११२ जनाले रक्तदान गरेका थिए ।

laxmi

त्यस्तै, विराटनगरको कार्यक्रममा ५१ जना, पोखराको कार्यक्रममा ५७ जना, नेपालगञ्जको कार्यक्रममा २९ जना गरी कुल २४९ जनाले रक्तदान गरेका हुन् । कोभिड–१९ को जोखिमका कारण स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पालना गर्दै सामाजिक दूरी कायम गरी रक्तदान कार्यक्रम सञ्चालन गरिएको थियोे ।

प्रतिक्रिया दिनुहोस्
MBL