Logo

सांग्रिला विकास बैंकको नाफामा छलाङ, नाफा ५८ प्रतिशतले बढदा अन्य सूचक यस्ता छन्

सांग्रिला विकास बैंकको नाफामा छलाङ, नाफा ५८ प्रतिशतले बढदा अन्य सूचक यस्ता छन्



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा २६ करोड १८ लाख २२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यो अघिल्लो आर्थिक वर्षको तुलनामा ५८.८७ प्रतिशतले बढी हो । बैंकले सार्वजनीक गरेको दोस्रो त्रैमाससम्को अपरिष्कृत वित्तिय विवरण अनुसार गत वर्षको यसै अवधिमा बैंकले १६ करोड ४८ लाख ५ हजार रूपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म बैंकको खुद व्याज आम्दानी पनि ४६.८१ प्रतिशतले बढेर ७९ करोड ५८ लाख ८३ हजार कायम भएको छ । गत वर्षको यसै अवधिमा बैंकको खुद व्याज आम्दानी ५४ करोड २१ लाख २३ हजार रूपैयाँ रहेको थियो ।

दोश्रो त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा पनि ६८.१६ प्रतिशतले बढेर ३७ करोड ४१ लाख २८ हजार रूपैयाँ पुगेको छ । गत वर्ष बैंकले २२ करोड २४ लाख ७९ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । यसै अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १८ करोड ४ लाख २६ हजार रुपैयाँ रहेको छ।

त्यस्तै, बैंकको चुक्ता पुँजी ३ अर्ब १ करोड ६ लाख ६९ हजार रुपैयाँ र जगेडा कोषमा ९३ करोड २५ लाख २१ हजार रुपैयाँ सञ्चित रहेको छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १७ रुपैयाँ ३९ पैसा र प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ९७ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL