Logo

२० बर्षसम्म दाबी गर्न नआएका निक्षेप बैंकले राख्न नपाउने, यस्तो छ राष्ट्र बैंकको निर्देशन

२० बर्षसम्म दाबी गर्न नआएका निक्षेप बैंकले राख्न नपाउने, यस्तो छ राष्ट्र बैंकको निर्देशन



काठमाडौं । निक्षेपकर्ताले २० बर्षसम्म पनि दावी गर्न नआएका निक्षेप बैंक तथा वित्तीय संस्थाले राख्न नपाउने भएको छन् । कतिपय बैंक तथा वित्तीय संस्थाहरुमा लामो समयदेखि निक्षेप रहेर बसेको तर निक्षेपकर्ताहरु दावी आएका छैनन् ।

laxmi

तर, अबका दिन बैंक तथा वित्तीय संस्थाले त्यस्ता निक्षेप नेपाल राष्ट्र बैंकको बैंकिङ निक्षेप कोषमा राख्नुपर्ने छ । राष्ट्र बैंकले आज एक निर्देशन जारी गर्दै २० बर्षसम्म बुझ्न नआएका तथा दावी नपरेका निक्षेप बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुरुप राष्ट्र बैंकको बैंकिङ निक्षेप कोषमा राख्न निर्देशन दिएको हो । त्यसरी जम्मा भएको रकम राष्ट्र बैंकले बैंकिङ विकासमा खर्च गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL