Logo

कृषि कर्जा मेला तथा लगानी कार्यक्रम, नबिल बैंकको सहकार्य

कृषि कर्जा मेला तथा लगानी कार्यक्रम, नबिल बैंकको सहकार्य



काठमाडौं। नबिल बैंकले आयोजना हुन लागेको ‘कृषि कर्जा मेला’ तथा ‘कृषि लगानी सम्बन्धि राष्ट्रिय संवाद’ मा सहकार्य गर्ने भएको छ। बैंकले साझेदारीका लागि आर एण्ड डी इनोभेटिभ सोलुसन्स् प्रालिसँग सम्झौता गरेको छ।

नेपाल कृषि मेशिनरी व्यवसायी संघले माघ ५ देखि ८ गतेसम्म चितवन एक्स्पो सेन्टर, नारायणगढमा मेला आयोजना गर्दैछ। पाँचौ राष्ट्रिय कृषि यन्त्रीकरण प्रदशनीमै एकैसाथ ‘कृषि कर्जा मेला’ तथा ‘कृषि लगानी सम्बन्धि राष्ट्रिय संवाद’ को आयोजना हुने जनाएको छ ।

कृषि सम्बन्धि सम्पूर्ण सरोकारवालाहरू किसान, उद्यमी, कृषि व्यापारी, प्रविधि प्रदायक, वित्तीय संस्थाहरु र नीति निर्माताहरूलाई एउटै थलोमा ल्याउने मेलाको प्रमुख उद्देश्य हो।

संवाद कार्यक्रममा कृषि लगानी सम्बन्धि समस्याहरू समाधान गर्न वित्तीय संस्था, नीति निर्माता, किसान र स्थानीय सरकारहरू बीचको व्यावहारिक अनुभवका आधारमा खुला र रचनात्मक छलफललाई प्राथमिकता दिइने जनाएको छ ।

सहकार्यका लागि नबिल बैंकका साना तथा मझौला उद्यम तथा लघुवित्त कर्जा विभाग प्रमुख निरजकुमार बस्नेत ९डनिल० र आर एण्ड डी इनोभेटिभका अध्यक्ष सुनिता न्हेम्हाफुकीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
MBL