Logo

कामना सेवा विकास बैंक र नमस्ते पेबीच साझेदारी सम्झौतामा हस्ताक्षर

कामना सेवा विकास बैंक र नमस्ते पेबीच साझेदारी सम्झौतामा हस्ताक्षर



काठमाडौं । कामना सेवा विकास बैंक र नमस्ते पे बिच नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको डिजिटल वालेट सुविधा आदान प्रदान गर्ने गरी साझेदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

उक्त साझेदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रबिण बस्नेत र नमस्ते पेका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद भण्डारीले हस्ताक्षर गरेका हुन् ।

यस सुविधा मार्फत बैंकको मोबाइल बैकिङ सेवा लिएका ग्राहकले आफ्नो खातामा रहेको रकम मोबाइल बैकिङ मार्फत नमस्ते पे मा फण्ड लोड गरी क्रेडिट कार्डको बिल भुक्तानी गर्न सक्ने छन् ।

त्यस्तै, इन्स्योरेन्सको प्रिमियम भुक्तानी, विद्युतय महसुल भुक्तानी, खानेपानी महसुल भुक्तानी, मोबाइल टप अप गर्ने लगायत अन्य विभिन्न भुक्तानीहरुको सुविधा लिन सक्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL