Logo

व्यवस्थापन संकायमा स्नातकोत्तर टप गरेका खरेललाई नेपाल बैंकको सम्मान

व्यवस्थापन संकायमा स्नातकोत्तर टप गरेका खरेललाई नेपाल बैंकको सम्मान



काठमाडौं । नेपाल बैंकले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातकोत्तर (मास्टर्स) टपेका विद्यार्थी रामप्रसाद खरेललाई सम्मान गरेको छ । त्रिवि केन्द्रीय व्यवस्थापन विभाग कीर्तिपूरबाट स्नातकोत्तर तह उत्तीर्ण गरेका विद्यार्थीमध्ये खरेल सर्वोत्कृष्ट भएका हुन् ।

laxmi

खरेललाई प्रधानमन्त्री एवम् विश्वविद्यालयका कूलपति शेरबहादुर देउवाले विश्वविद्यालयको ४७ औं दीक्षान्त समारोहमा ‘नेपाल बैंक लिमिटेड सरदार गुञ्जमान सिंह स्वर्णपदक’ प्रदान गरेका हुन् । वि।सं। २०२२ साल माघ ११ गते एक लाख रुपैयाँ अक्षयकोष राखी शुरू भएको उक्त पदक त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायमा सर्वोत्कृष्ट हुने विद्यार्थीलाई प्रत्येक वर्ष दीक्षान्त समारोह अवसरमा प्रदान गरिन्छ ।

नेपाल बैंकले खरेललाई बैंक प्रधान कार्यालयमै एक कार्यक्रम आयोजना गरेर पनि बधाई दिएको छ । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० कृष्णबहादुर अधिकारीले पदक विजेता खरेललाई बधाई ज्ञापन तथा सम्मान व्यक्त गरेका हुन् ।

अधिकारीले नेपाल बैंकको नाममा स्थापित नेपाल बैंक लिमिटेड सरदार गुञ्जमान सिंह स्वर्ण पदक प्राप्त गरेकोमा बधाई ज्ञापन गर्दै भविष्यमा अझ धेरै सफलता प्राप्त गर्न र नेपाल बैंक लिमिटेडको गरिमा बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न शुभकामना दिए । पदक विजेता विद्यार्थी खरेलले स्वर्णपदक प्रदान गरेकोमा नेपाल बैंकप्रति आभार व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL