Logo

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एप : एनसेलमा निःशुल्क चलाउन सकिने

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एप : एनसेलमा निःशुल्क चलाउन सकिने



काठमाडौं । एनआईसी एशिया बैंकको मोबाइल एप वेभसाइट, आईसर्भिस तथा एनसेलमा निःशुल्क चलाउन सकिने भएको छ । डिजिटल बैंकिङ्ग प्रबद्र्धन गर्न यस्तो सुविधा व्यवस्था गरिएको बैंकले जानकारी दिएको छ । बैंकका ग्राहकहरूले एनसेलको डाटा प्रयोग गरी एनआईसी एसिया मोब्यांक एपमार्फत इन्टरनेट बैंकिङ सुविधा निःशुल्क प्रयोग गर्न पाउनेछन् ।

मोब्यांक एपमार्फत अन्तरबैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, आन्तरिक रेमिट्यान्स पठाउने एवम् बुझ्ने, मुद्दती निक्षेप खोल्ने, बैंकका शाखा तथा एटिएमको स्थान पत्ता लगाउने, मोबाइल टपअप, युटिलीटि बिल भुक्तानी, क्यूआर भुक्तानी, आफ्नो गुनासोको सुनुवाई तथा प्रोग्रेस ट्य्राकिङजस्ता सुविधाहरू प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

साथै, विभिन्न कम्पनीहरूले जारी गर्ने प्रारम्भिक शेयर (आईपीओ) मा पनि मोब्यांकमार्फत आवेदन दिन सकिनेछ । प्रयोगकर्ताले कार्डबिनै एटीएमबाट नगद रकम झिक्न सकिने सुविधा र एपमा रहेको कस्टुमर केयरबाट ग्राहकको समस्या र जिज्ञासा समाधान गरिने बैंकले जानकारी दिएको छ ।

यसैगरी, आईसर्भिसमार्फत ग्राहकहरूले मोबाइल बैंकिङ्ग सेवाहरू (नयाँ आवेदन, अनब्लक, ब्लक तथा पिन÷पासवर्ड रिसेट), ग्राहक सम्बन्धी सेवाहरू ९ब्यालेन्सको जानकारी, चेक बुक आवेदन, ब्यालेन्स सर्टिफिकेट आवेदन, एकाउन्ट स्टेटमेन्ट आवेदन, मर्चेन्ट आवेदन, मेरो शेयर तथा सिआरएन आवेदन, बचत योजना परिवर्तन र टेलर सेवाहरू ९नगद तथा चेक डिपोजिट भौचर भर्ने० र कार्ड सम्बन्धी सेवाहरू ९ई–कमर्श दर्ता, कार्ड ब्लक, कार्ड आवेदन, प्रिपेड डलर कार्ड आवेदन, डेबिट कार्ड रिप्लेस्मेन्ट आवेदन र इन्स्टा बाइ सुविधा प्राप्त गर्नेछन् ।

वेभसाइटबाट अनलाइन खाता र आईपीओ आवेदन, कर्जा प्रतिफल हिसाबकिताब, ईएमआई हिसाबकिता लगायत अन्य सेवासुविधाबारे जानकारी उपलब्ध हुने बैंकले जनाएको छ । बैंकका पछिल्ला योजनाहरू र सूचनालगायत बैंकले राख्ने विभिन्न वित्तीय विवरणहरूबारे पनि वेभसाइटबाट जानकारी लिन सकिनेछ । इन्टरनेट बैंकिङका माध्यमबाट अन्तरबैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, मोबाइल टपअप, युटिलिटी बिल भुक्तानी लगायतका सुविधाहरू उपभोग गर्न सकिनेछ ।

एनआईसी एसिया बैंकले देशभर ३५८ शाखा कार्यालय, ४७३ एटीएम, ७० वटा विस्तारित काउन्टर एवम् ८१ वटा शाखारहित बैंकिङ्गमार्फत सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL