Logo

सुदूरपश्चिमका जिल्लाहरुमा नबिल दिगो बैंकिङ कार्यक्रम सम्पन्न, युवा र उद्यमीलाई दिईयो तालिम

सुदूरपश्चिमका जिल्लाहरुमा नबिल दिगो बैंकिङ कार्यक्रम सम्पन्न, युवा र उद्यमीलाई दिईयो तालिम



काठमाडौं । नबिल बैंकले सुदूरपश्चिम प्रदेश अन्तर्गतका विभिन्न गाउँपालिकामा उद्यमशीलता विकाश तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका र डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिकामा नबिल दिगो बैंकिङ अन्तर्गत उक्त कार्यक्रम सम्पन्न गरेको हो । नबिल बैंकले बित्थडचिर गाउँपालिका र आलिताल गाउँपालिका संग दिगो बैंकिङ अन्तर्गत उद्यमशीलता विकाश र वित्तीय पहुँचको लागि समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

laxmi

उक्त साझेदारी मार्फत गाउँपालिकाले स्थानिय स्तरमा संचालन गर्ने विभिन्न उद्यम सम्बन्धि कार्यक्रम/तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई गाउँपालिकाको सिफारीसमा बैंकले उद्यम गर्न बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम/तालिमहरुमा वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत संचालन गर्ने उद्देश्य लिएको छ ।

कार्यक्रममा स्थानिय किसान, युवा तथा महिला उद्यमीहरु साथै अन्य गाउ“पालिकाबासीहरुकँे उल्लेख्य संख्यामा उपस्थिती रहेको थियँे । अन्तरक्रियाकै दौरान स्थानिय किसान, युवा तथा महिला उद्यमीहरुले उठाएका भएका जिज्ञासा तथा सुझावहरुको समेत सम्बोधन गरिएको थियो ।

बैतडीको पञ्चेश्वर गाउँपालिकामा ८ दिने तालिम कार्यक्रम सुरु

यस्तै बैंकले बैतडी जिल्लाको पञ्चेश्वर गाउँपालिकामा युवा उद्यमशिलता र स्वरोजगार प्रवद्धन गरि युवालाई आत्मनिर्भर बनाउँदै समृद्धि तर्फ अग्रसर गराउने उद्येश्यका साथ उद्यमशीलता विकास र वित्तीय साक्षरता सम्बन्धि ८ दिने तालिम कार्यक्रम सुरु गरेको छ । उक्त कार्यक्रमका लागि नबिल बैंक, राष्ट्रिय युवा परिषद् र पञ्चेश्वर गाउँपालिका बीच त्रिपक्षीय समझदारी भएको थियो । कार्यक्रमले स्थानिय युवाहरुलाई उद्यमशिलता विकास र वित्तीय साक्षरताको आधारभूत तालिम प्रदान गरि उद्यमका लागि सक्षम बनाउन र उद्यम परियोजनाका आधारमा वित्तीय पहुँच पुर्याई देशभित्रै युवा उद्यम प्रवर्दधन तथा रोजगारी सृजनाद्घारा दिगो आर्थिक विकाशमा योगदान गर्ने लक्ष्य लिएको छ ।

पञ्चेश्वर गाउँपालिकाले युवा उद्यमका लागि आव्हान गरेको सूचनामा दरखास्त दिई छनौट भएका युवाहरु २०७८/०९/११ देखि २०७८/०९/१८ सम्म संचालन हुने यस ७ दिने तालिम कार्यक्रममा १२० जना सहभागि छन । तालिममा ४०० जनाले आवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL