Logo

सिटिजन्स बैंकको शाखारहित बैंकिङ नवलपरासीको भटौलियामा, शाखारहित बैंकिङ सेवा ९० पुग्यो

सिटिजन्स बैंकको शाखारहित बैंकिङ नवलपरासीको भटौलियामा, शाखारहित बैंकिङ सेवा ९० पुग्यो



काठमाडौँ । सिटिजन्स बैंकले नवलपरासीको बर्दघाट नगरपालिका, भटौलिया बजारमा ९० औँ शाखारहित बैंकिङ सेवा आरम्भ गरेको छ ।

उक्त स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी नवराज पहरीलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको समेत बैंकले जनाएको छ । देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पु¥याउन शाखा रहित बैंकिङ विस्तार गर्दै आएको छ ।

उक्त शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराइने बैंकले जाएको छ ।

यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ प्रणाली बिस्तार हुने अपेक्षा बैंकले लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL