Logo

एनएमबि बैंकका ग्राहकलाई हिमालय दृश्य होटेलमा विशेष छुट, सम्झौतामा हस्ताक्षर

एनएमबि बैंकका ग्राहकलाई हिमालय दृश्य होटेलमा विशेष छुट, सम्झौतामा हस्ताक्षर



काठमाडौँ । एनएमबि बैंकका ग्राहक तथा कर्मचारीले धुलिखेलमा रहेको हिमालय दृश्य होटेलको सेवामा विशेष छुट पाउने भएका छन्य ।
a
बैंक र होटलका अधिकारबीच उक्त सम्झौता पत्रमा शुक्रबार हस्ताक्षर भएको हो । सम्झौता पत्रमा एनएमबि बैंकका एरिया म्यानेजर निरन श्रेष्ठ र हिमालय दृश्यका एशोसिएट डाइरेक्टर सेल्स एन्ड मार्केटिङ बबिता पाण्डेले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार बैंकका ग्राहक तथा कर्मचारीले खानामा १० प्रतिशत तथा आवास सुविधामा २० प्रतिशतसम्म छुट पाउने छन् ।

बैंकिङ सुविधा, विद्युतीय भुक्तानी अभिवृद्धिका साथै अन्य अतिरिक्त सेवामा पनि सहजता मिलोस् भन्ने उद्देश्यले एनएमबि बैंकले छुटका लागि सहकार्य गरेको जनाएको छ ।

बैंकले आफ्नो सेवाहरू वृद्धि गर्ने क्रममा यस्ता सुविधा ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको जनाएको छ ।

छुटसम्बन्धी थप जानकारी एनएमबि बैंकको वेवसाइट र एनएमबि भिषा कार्ड डिसकाउन्ट सेक्सनमा गएर प्राप्त गर्न सकिने जनाएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL