Logo

नेपाल बङ्गलादेश बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा पाण्डे, दुई दशक लामो कार्यअनुभव

नेपाल बङ्गलादेश बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा पाण्डे, दुई दशक लामो कार्यअनुभव



काठमाडौँ । नेपाल बङ्गलादेश बैंकले वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा भूपेन्द्र पाण्डेलाई नियुक्त गरेको छ ।

गत पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले पाण्डेलाई माघ १ गतेदेखि लागू हुने गरी उक्त पदमा नियुक्त गरेको कम्पनीले नेप्सेमा पेस गरेको सूचनामा उल्लेख गरेको छ । कम्पनीका सिइओ ज्ञानेन्द्र ढुङ्गानाको दोस्रो कार्यकाल आगामी पुस १७ गते सकिंदैछ ।

यसअघि पाण्डे नेपाल इन्फास्ट्रक्चर बैंक (निफ्रा) को डेपुटी सिइओ थिए । उनी चाटर्ड एकाउन्टेन्ट पनि हुन् । उनीसँग बैंक तथा बिमा कम्पनीमा करिब दुई दशक लामो कार्य अनुभव रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL