Logo

लुम्बिनी विकास बैंकको १४ औं साधारणसभा सम्पन्न, सेयरधनीलाई साढे १३ प्रतिशत लाभांस प्रस्ताव

लुम्बिनी विकास बैंकको १४ औं साधारणसभा सम्पन्न, सेयरधनीलाई साढे १३ प्रतिशत लाभांस प्रस्ताव



काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको १४ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंकले शुक्रबार आफ्नो साधारण सभा सम्पन्न गरेको हो । साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को बार्षिक प्रतिबेदन पारित गरी आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावसँगै सेयरधनीलाई ०.६८२४ प्रतिशत नगद लाभांश (कर प्रयोजन) र १३ प्रतिशत बोनस सेयर सहित कुल १३ दशमलव ६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसालको अध्यक्षतामा सम्पन्न १४ औं वार्षिक साधारणसभामा बैंकले कोभिड – १९ को परिस्थितिलाई मध्यनजर गर्दै भर्चुअल माध्यमबाट शेयरधनीलाई सहभागिता गराएको थियो ।

सभामा अध्यक्षले सञ्चालक समितिको तर्फबाट आव २०७७/७८ को बार्षिक प्रतिवेदन उपर प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट सहभागी भएका शेयरधनीहरुले राखेका जिज्ञासाहरुको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत नरेश सिहं बोहराले स्पष्ट पारेका थिए ।

लुम्बिनी विकास बैंक लिमिटेडले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ देशभरका ३१ वटा जिल्लामा ७७ शाखाहरु र १७ वटा एटिएमबाट आफ्ना करीब ३ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL