Logo

नेपाल बैंकको डिजिटल बैंकिङ वित्तीय साक्षरता अभियान, कर्णालीका ३ सय विद्यार्थीलाई लाभान्वित

नेपाल बैंकको डिजिटल बैंकिङ वित्तीय साक्षरता अभियान, कर्णालीका ३ सय विद्यार्थीलाई लाभान्वित



काठमाडौं । नेपाल बैंकले कर्णाली प्रदेशमा डिजिटल बैंकिङ वित्तीय साक्षरता अभियान शुरु गरेको छ । बैंकले गत ४ गते विरेन्द्रनगर सुर्खेत स्थित मोडेल कलेज सुर्खेतमा, ६ गते विरेन्द्रनगर सुर्खेत स्थित सुर्खेत बहुमुखी क्याम्पसमा, र अमरदीप क्याम्पसमा डिजिटल बैकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

नेपाल बैंक लिमिटेड, विरेन्द्रनगर शाखा, मोडेल कलेज, सुर्खेत बहुमुखी क्याम्पस र अमरदिप क्याम्पस सुर्खेतको सहकार्यमा बिधार्थीहरुलाई डिजिटल बैकिङ सम्वन्धि जानकारी गराई डिजिटल बैकिङका प्रविधिहरुमा अभ्यस्त गराउने उद्देश्यले उक्त कार्यक्रम संचालन गरिएको बैंकले जानकारी दिएको छ ।

मोडेल कलेज, सुर्खेतमा क्याम्पस प्रमुख गणेश आचार्य को सभापतित्व, सुर्खेत बहुमुखी क्याम्पस, सुर्खेतमा क्याम्पस प्रमुख माधब प्रसाद खनालको सभापतित्व र अमरदिप क्याम्पस, सुर्खेतमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष बालकृष्ण पौडेलको सभापतित्वमा उक्त कार्यक्रम संचालन गरिएको हो । उक्त कार्यक्रमहरुमा नेपाल वैंक लिमिटेड प्रादेशिक कार्यालयका प्रमुख अश्विनकुमार पुडासैनीको प्रमुख आतित्यथा रहेको थियो ।

त्यसैगरी अतिथिको रुपमा सम्बन्धित क्याम्पसका सह–क्याम्पस प्रमुखहरु, नेपाल बैंक लिमिटेड, विरेन्द्रनगर शाखाका शाखा प्रवन्धक लगायतको उपस्थिति रहेको उक्त कार्यक्रमहरुमा करिब ३ सय बिद्यार्थीहरु सहभागि भएका थिए । उक्त कार्यक्रममा डिजिटल वित्तीय साक्षरता सम्बन्धि जानकारी, नेपाल बैंकको विभिन्न सेवा सुविधाहरु, डिजिटल बंैकिङ प्रविधिहरु, बिद्यार्थी लक्षित शुभज्ञान बचत खाता साथै बंैकिङका विविध आयामहरुको बारेमा जानकारी गराईएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि अश्विनकुमार पुडासैनीले अबको आवश्यकता भनेकै डिजिटल बैंकिङ रहेको भन्दै हरेक बिधार्थी यस सम्बन्धमा जानकार रहनुपर्ने कुरामा जोड दिए । उनले नेपाल बैंकले भविष्यमा उद्यमी बन्न चाहने विधार्थीलाइ सहयोग गर्ने भन्दै एक व्यक्ति एक बैंक खाता हुनुपर्ने कुरालाई जोड दिए । कार्यक्रमका सभापति तथा क्याम्पस प्रमुखहरुले डिजिटल बैकिङ वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेकोमा नेपाल बैंक लिमिटेडलाई धन्यबाद दिंदै यस कार्यक्रमबाट सम्पूर्ण विधार्थीहरुले बढि भन्दा बढि लाभ लिने बिश्वास व्यक्त गरेका थिए ।

त्यसैगरि, नेपाल बैंक लिमिटेड जुम्ला शाखाको पहलमा जुम्ला बहुमुखी क्याम्पस जुम्लामा बिहीबार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL