Logo

राष्ट्र बैंकको चिन्ता : अनुत्पादक क्षेत्रमा कर्जा रोक्न सकिएन, डलर कार्डको नियमन

राष्ट्र बैंकको चिन्ता : अनुत्पादक क्षेत्रमा कर्जा रोक्न सकिएन, डलर कार्डको नियमन



काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट अनुत्पादक क्षेत्रमा बढी कर्जा प्रबाह भएको भन्दै राष्ट्र बैंकले चिन्ता व्यक्ति गरेको छ । पछिल्लो समय कर्जा विस्तार उच्च भएपनि त्यस्तो कर्जा उत्पादनमुलक क्षेत्रमा प्रबाह हुन नसकेको नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले बताए । ‘हाम्रो चाहना बढीभन्दा बढी कर्जा उत्पादनमुलक क्षेत्रमा होस भन्ने हो,’ आर्थिक पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले भने, ‘तर त्यसो हुन सकेन ।’

यसैगरी पछिल्लो समय राष्ट्र बैंकले डलर कार्डमार्फत हुने खर्चलाई समेत नियमित रुपमा अनुगमन गरिरहेको समेत उनले जानकारी दिए । ‘डलरकार्ड मार्फत केकस्ता काममा पैसा खर्च भएको छ भनेर राष्ट्र बैंक सम्बन्धित बैंकसँगको सहकार्यमा नियमित अनुगमन गर्दै आएको छ,’ उनले भने, ‘त्यसमार्फत अनुत्पादक क्षेत्रमा पैसा खर्च हुन दिँदैनौं ।’

यसैगरी पछिल्लो समय कोरोना पछि अर्थतन्त्र पुरुत्थानमा जाँदा तरलता अभावको समस्या बढी आएको समेत उनको भनाई थियो । ‘अहिले जे जति समस्या देखिएको छ ती सबै कोरोना पछिको अर्थतन्त्र पुनरुत्थानका कारण भएका हुन्,’ उनले भने, ‘जसका कारण भुक्तान सन्तुलत घाटा, विदेशी मुद्रा संचितीमा गिरावटm तरलता अभाव लगायतका समस्या देखिएका छन् ।’

प्रतिक्रिया दिनुहोस्
MBL