Logo

सनराइज बैंकले सहकारीका ग्राहकलाई भिसा डेविट कार्ड उपलब्ध गराउने, ४ सहकारीसँग सम्झौता

सनराइज बैंकले सहकारीका ग्राहकलाई भिसा डेविट कार्ड उपलब्ध गराउने, ४ सहकारीसँग सम्झौता



काठमाडौं । सनराइज बैंकले बुधवारदेखि सहकारी संस्थाका ग्राहकहरुलाई भिसा डेबिट कार्ड जारी गर्ने परियोजना सार्वजनिक गरेको छ । बैंकले डिजिटल भुक्तानीको क्षेत्रमा थप सेवा बिस्तार गरी डिजिटल बैंकिङमा बढिभन्दा बढि सर्बसाधारणको पहुच पुर्याउने उद्देष्यले उक्त परियोजना सार्वजनिक गरेको हो ।

उक्त परियोजना अन्तर्गत बैंकले विभिन्न सहकारी संस्थाहरुलाई भिसा डेबीट कार्ड जारी गर्नेछ । यसका लागि बैंकले पायोनियर एसोसिएसन प्रालि (कोसिस सहकारी सफ्टवेयर) , आई मार्क प्रालि तथा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स् (नेप्स) सँग सहकार्य गरेको हो । सो परियोजना अन्तर्गतका पुर्वतयारी अनुरुप ‘को ब्रान्डेड’ कार्ड जारी गर्ने बारे भिसा इन्टरनेसनलबाट समेत सहमती प्राप्त गरीसकेको बैंकले जानकारी दिएको छ । यस्तै बैंकले पहिलो चरणमा कार्ड जारी गर्नका लागी बिभिन्न चार सहकारीसंग सम्झौतासमेत गरिसकेको छ ।

प्राबिधिक सेवा प्रदायकहरुको सहकार्यमा सिस्टम तयार गरी परीक्षण समेत भईसकेको उक्त कार्ड अब सहकारी संस्थाहरुका ग्राकहरुले पनि पाउनेछन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्ष जारी मौद्रिक निती मार्फत ‘सहकारीका ग्राहक समक्ष समेत बिद्युतिय भुक्तानी सेवा पुर्याउन प्रोत्साहन गरिनेछ’भन्ने घोषणालाई समेत यस परियोजनाले केही हदसम्म मुर्त रुप दिने बैंकले अपेक्षा राखेको छ ।

बैंकले उक्त कार्यक्रमबाट बैंकिङ क्षेत्रभन्दा बाहिर रहेका बहुसंख्यक जनसंख्या लाभान्वित हुने भएकाले वित्तिय समावेशीतामा योगदान पुग्ने र डिजिटल कारोबारको कारणले आर्थिक पारदर्शितामा समेत वृद्धि भई सम्पुर्ण अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने बिश्वास लिएको छ ।

उक्त परियोजना अन्तर्गत जारी हुने कार्डहरुको सेटलमेन्ट बैंकको भुमिका सनराइज बैंकले गर्नेछ । यस्तै कार्डको पर्सनलाईजेसन, गर्ने, बैंक आईडेन्टीफिकेसन नम्बस उपलब्ध गराउनेलगायतका कार्यहरु पनि गर्नेछ । यस्तै कार्डको लागि स्विचिङ सेवा भने नेप्सले गर्ने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL