Logo

महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्व, विद्यालयमा निशुल्क कोरोना र रक्तचाप परिक्षण

महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्व, विद्यालयमा निशुल्क कोरोना र रक्तचाप परिक्षण



काठमाडौं । महालक्ष्मी विकास बैंकको सुकेधारा शाखाले निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । बुधबार बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत धुम्रबराह माध्यामीक विद्यालयको प्रागंणमा कोभिड एन्टीजेन, रक्तचाप र सुगरको निशुल्क परिक्षण शिविर संचालन गरेको हो ।

बैंकका अनुसार निःशुल्क स्वास्थ्य शिविरबाट करिव १ सय जना लाभान्वीत भएका छन् । सुकेधारा शाखाका शाखा प्रबन्धक कुमार अधिकारीका अनुसार कोरोना भाईरस नियन्त्रणका लागी केही प्रयास र समयमै रोगबारे जानकारी होस भन्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरीएको हो । त्यस्तै बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रमहरु संचालन गर्ने उनले जानकारी दिए ।

बैंकले सबै प्रदेशमा गरी कुल १ सय ३ शाखा कार्यालयहरु मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । हाल बैंकको ग्राहक संखया करिब ६ लाख पुगेको बैंकले जानकारी दिएको छ ।

बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो बनाउन भिसा इएमभी चीप वेस्ड ट्राभल कार्ड, ईकमर्स कार्ड र डलर कार्ड जारी गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL