Logo

लुम्बिनी विकास बैंक र नेपाल पेमेन्ट सोलुसन्सबीच सम्झौता, बैंकले डिजिटल कारोबारलाई प्राथमिकता दिने

लुम्बिनी विकास बैंक र नेपाल पेमेन्ट सोलुसन्सबीच सम्झौता, बैंकले डिजिटल कारोबारलाई प्राथमिकता दिने



काठमाडौं । लुम्बिनी विकास बैंक र नेपाल पेमेन्ट सोलुसन्सबीच सम्झौता भएको छ । बैंकले आफ्नो डिजिटल कारोबारलाई अझ स्तरीय बनाउन नेपाल पेमेन्ट सोलुसन्ससँग सम्झौता गरेको हो ।

उक्त सम्झौता अनुसार लुम्बिनी विकास बैंकसँग आवद्ध ग्राहकहरुले नेपाल पेमेन्ट सोलुसन्सको लोड वालेट तथा बिभिन्न मर्चेन्ट भुक्तानी जस्ता सम्पुर्ण सेवाहरु उपयोग गर्न पाउनेछन् ।

सम्झौतामा लुम्बिनी विकास बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र नेपाल पेमेन्ट सोलुसन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रताप श्रेष्ठले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।

लुम्बिनी विकास बैंक लिमिटेडले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ देशभरका ३० वटा जिल्लामा ७७ शाखाहरु र १७ वटा एटिएमबाट आफ्ना करीब ३ लाख ग्राहकहरुलाई सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL