Logo

महालक्ष्मी विकास बैंक र लाइफ केयर हेल्थ सेन्टरबीच सम्झौता, बैंकका ग्राहकलाई विशेष छुट

महालक्ष्मी विकास बैंक र लाइफ केयर हेल्थ सेन्टरबीच सम्झौता, बैंकका ग्राहकलाई विशेष छुट



काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र लाइफ केयर हेल्थ सेन्टर बीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पश्चात यस बैंकको डेबिट कार्ड, क्यूआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नेे ग्राहकहरुले लाइफ केयर हेल्थ सेन्टरमा ओपिडी टिकट, ल्याब सेवा, भिडियो एक्स–रे, एक्स–रे सेवा, इको, इसीजी र औषधीमा आर्कषक छुट प्राप्त गर्ने बैंकले जनाएको छ ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिीजटल युगसँग नेपाली जनतालाई साक्षातकार गराउने अभिप्रायका साथ यस बैंकले विभिन्न शाखाहरुबाट जनचेतामूलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ ।

बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले भिसा इएमभी चिप बेस्ड ट्राभल कार्ड, इकर्मश कार्ड र डलर कार्ड जारी गरिसकेको छ । समग्रमा चिप बेस्ड ट्राभल कार्ड, इकर्मश कार्ड र डलर काडजारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंकका रुपमा महालक्ष्मी विकास बैंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL